श्रेष्ठ कोभिड–१९ को फोकल पर्सन

  भदौ ११, २०७७

काठमाडौं, भदौ ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोक्नुभएको हो ।

यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गर्नुभएको थियो । उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया