काठमाडौं, भदौ ११ : काठमाडौं उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ३७७ सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ ज्ना सङ्क्रमित थपिएको जनाएको छ । यसअघि बुधबार उपत्यकामा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ३०१ जना सङ्क्रमितको पुष्टि भएको थियो ।






