बारामा कोरोनाबाट थप एक गर्भवतीको मृत्यु,मर्नेको संख्या १६ पुग्यो

  भदौ ११, २०७७

बारा, भदौ ११ : कोरोनाको कारणले थप एक गर्भवतीको मृत्यु भएको छ । यो सँगै बारामा कोरोनाका कारण मर्नेको संख्या १६ पुगेको छ । मर्नेमा बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४ हर्दिया टोल बस्ने २३ वर्षीय महिलाको कोरोनाको कारणले मृत्यु भएको हो । उनी ३३ साता अर्थात सात महिनाकी गर्भवती रहेकी पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डकका चिकित्सक उदय नारायण सिंहले बताउनुभयो ।

उनलाई श्वासप्रश्वास, झाडापखाला तथा ज्वरोको समस्या आएपछि वीरगंजमा उपचार गराउन गएका थिए । भदौं १० गते बुधबार पीसीआर रिर्पोट पोजिटिभ आएपछि पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान छ बजे उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

मृत्तक गर्भवतीको केही दिनअधिदेखि झाडापखाला लागेकाले पेटमा रहेका सात महिने बच्चाको पनि मृत्यु भई सकेको चिकित्सकबाट आएको जानकारी अनुसार नै शव व्यबस्थापन गर्ने उहाँको परिवारसहितका सुरक्षा प्रमुखहरुको कार्य भई रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया