रुकुमपूर्व कारोना सङ्क्रमणमुक्त जिल्ला घाेषणा

  भदौ ०९, २०७७

रुकुमपूर्व, भदौ ९ : रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।

जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भएपनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउदै कडाई गरेका छन् ।

यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसीआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसका साथै गएराति १२ बजेदेखि लागू हुनेगरी १४ गते राती १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाकाहरु बन्द गरिएको छ ।    

तपाईको प्रतिक्रिया