थप ८५५ जना नयाँ सङ्क्रमितसहित ३३ हजार ५२३ पुग्याे

  भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् ।

मंगलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३  पुगेको हाे । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । याेसँगै उपचारपछि घर जाने सङ्ख्या भएकाे छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर भने अहिले विस्तारै घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५७ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया