धादिङ, भदौ ६ : पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरु राजधानी प्रवेश गरेका छन् । कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक सवारीहरुलाई प्रहरीले शनिबार राति प्रवेश गराएको हो ।
गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौं सीमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्स बाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ ।
नौबिसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथमा ४ सय २३ वटा ट्रक, लहरी र कन्टेनर पार्किङ्ग गरेर बसेका थिए । निषेधाज्ञा जारी गरेको आफूहरुले पत्तै नपाउँदा बाटैमा अलपत्र परेको ट्रक चालक सुशील सुनुवार बताउनु हुन्छ । अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायत ढुवानीका सवारीलाई रोकिएपछि अलपत्रम परेका थिए । राजधानी प्रवेश नपाउँदा खान, बस्न लगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशको लागि बतावरण निर्माण गरिएको टाफिक प्रहरी धादिङ प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिनुभएको छ ।






