काठमाडौं, भदौ ५ : रातो सारी, चुरा पोतो र श्रृंगारमा सजिएर विभिन्न शिवालयमा छमछमी नाच्न पाउँदा वर्षभरिको पीडा विर्सिने महिलाहरुको यो वर्ष तीज भने खल्लो भएको छ । हिन्दू महिलाहरुको मुख्य पर्व रुपमा लिइने तीजमा विश्वभरी फैलियको कोरोना भाइसर कोभिड १९को कारण विगतमा जस्तो रौनक छैन । तीजको दिन सधैं भीडभाड, चहलपहल, नाचगान देखिने पशुपति क्षेत्र शुक्रबार सुनसान देखिएको छ ।