कोरोना नियन्त्रण गर्न ८० हजार सशस्त्र र नेपाल प्रहरी सडकमा

  भदौ ०५, २०७७

काठमाडौ, भदौ ५ : कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन तथा आइसोलेशनको सुरक्षामा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको बताउनुभयो ।

नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरीको निर्देशनमा नेपालका सबै जिल्लाहरुमा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको उहाँले बताउनुभयो । कोरोनाको संक्रमण रोक्नको लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति फिल्डमा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलका २९ हजार जनशक्ति नेपाल भारतको सिमानादेखि, पहाडी हिमाली जिल्लाहरुमा समेत खटिएको अर्यालले बताउनुभयो ।

नेपाल सरकार,गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलले दिएको निर्देशनसँगै स्थानीय तहसँग सहकार्य गरेर कोभिड नियन्त्रणमा जनशक्ति परिचालन भएको अर्यालले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै निशेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन एक हजार पाँचसय सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता अर्यालले बताउनुभयो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा चार हजार ७०० सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरीका र सशस्त्र प्रहरीका करिब चार हजार ७०० सुरक्षाकर्मी खटाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै तीन हजार ३ सय प्रहरी परिचालन भएका छन् । त्यसमा ट्राफिक प्रहरीको संख्यामात्रै एक हजार ४३५ रहेको एसएसपी यादवले जानकारी दिनुभयो । सशस्त्र प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया