प्यूठानमा कोरोनाका कारण एक पुरुषको मृत्यु

  भदौ ०५, २०७७

प्यूठान, भदौ ५ : प्यूठानमा कोभिड–१९ का कारण एक व्यक्तिको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी ६५ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।कोभिड हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उक्त व्यक्तिको स्वाव साउन २६ गते लिइएको थियो । साउन ३२ गते पोजेटिभ रिर्पोट आएपछि उपचारका लागि बुटवल रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । मृत्यु भएको व्यक्तिलाई दमको समस्या रहेको उहाँले जानकारी दिनुभयो । प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया