प्युठान, भदौ ५ : प्युठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरबिन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। विहीवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालको टोकाइबाट गिरी घाईते हुनुभएको थियो ।
घाईते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा विहीवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।






