प्रधानमन्त्री मोदीद्वारा पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जली

  भदौ ०४, २०७७

नयाँ दिल्ली, भदौ ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उहाँको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली दिनुभएको हो ।

प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटर अकाउन्टमार्फत उहाँलाई श्रद्धाञ्जली दिनुभएको भारतीय मिडियाले जनाएका छन् । सन् १९४४ अगष्ट २० मा जन्मिनुभएका भारतीय काँग्रेस पार्टीका नेता राजिव गान्धी सन् १९८४ मा भारतको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ भारतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । सन् १९९१ को मेमा उहाँको हत्या भएको थियो । उहाँलाई आज भारतीय काँग्रेसले पनि स्मरण गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया