काठमाडौं उपत्यकामा १५९ जना सङ्क्रमित थपिए

  भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकामा १५९ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा १५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्गको क्रममा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा आठ गरी पछिल्लो चौबीस घण्टामा १५९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा सात महिला र १० पुरुष तथा भक्तपुरमा दुई महिला र छ पुरुषमा सङ्क्रमण फेला परेको हो । काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा गरी ५४ महिला र ९५ पुरुष सङ्क्रमित फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया