राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या

  भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ । राष्ट्रकवि घिमिरेको छोरी डा. किरण रेग्मीले उहाँको श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरेको जानकारी दिनुभयो ।

केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छाअनुसार घरमै निगरानीमा राखेर उपचार गरेको डा. रेग्मीले बताउनुभयो । राष्ट्रकवि घिमिरेको मुटु र नारीको धड्कनमा पनि समस्या देखिएको डा. रेग्मीले जानकारी दिनुभयो । घिमिरे अब आउने असोज महिनामा १०२ वर्ष टेक्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया