राष्ट्रकविप्रति श्रद्धाञ्जली दिन उहाँको निवासबाहिर भीड

  भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : राष्ट्रकवि माधव घिमिरेको निधनको समाचार सार्वजनिक भएसँगै उहाँको निवासमा उहाँका शुभेच्छुकहरूको भीड लागेको छ ।

उहाँको निधनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र पूर्वमन्त्री गोकुल बाँस्कोटाले ट्वीट गरेर समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रकविको निवासबाहिर मिडियाकर्मी तथा कवि साहित्यकारको जमघट भए पनि घरभित्र प्रवेश दिइएको छैन ।

तपाईको प्रतिक्रिया