वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना पुष्टि

  साउन ३२, २०७७

वीरगञ्ज, साउन ३२ : पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको गौर नगरपालिका वडा नं. १ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

मृत्युपश्चात सङ्कलन गरिएको स्वाबकाे नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको आइतबार साँझ आएको रिपाेर्टमा कोरोना पोजिटिभ देखिएको डा. सिंहले बताउनुभयो ।

यी युवकको मृत्युसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ जसमध्ये साउन महिनामा मात्रै २४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २८ जनामा पर्साका २० जना, बाराका पाँच जना , रौतहटका २ जना र घण्टाघरमा मृत भेटिएका हालसम्म पहिचान खुल्न नसकेका एक जना युवक रहेका छन् ।

तपाईको प्रतिक्रिया