काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक

  साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले  उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।

प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया