कालिकोटको नकु गाउँमा पहिरोमा परी ६ जनाको मृत्यु

  साउन ३०, २०७७

काठमाडौं, साउन ३० : कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ३ को नकु गाउँमा गएराती गएको पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

स्थानीय रोजवहादुर विकको घर भत्कँदा उहाँका दुई जना छोरा पुष्प विस्ट वर्ष १३ र वर्ष ११ का प्रविण विस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्याम ओलियाले बताउनुभयो ।

त्यस्तै उहाँका छोरीहरु वर्ष १८ कि सविना तथा वर्ष १५ कि आशा विस्टको मृत्यु भएको छ । सोही घटना रोजबहादुर र उहाँकी श्रीमती बाँच्न सफल भए पनि छिमेकी डिलबहादुर विस्टका छोरीहरु वर्ष १९ कि शान्ति विस्ट र वर्ष १०की रेखा विस्टको मृत्यु भएको छ ।

हाल घटनास्थलमा प्रहरी पुगी सकेको र उद्धार कार्य जारी रहेको डिएसप ओलियाले टेलिफोनमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया