काठमाडौं, साउन २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुँदै आएको सवारी पास बन्द गरेको छ । गृहमन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्ने सम्बन्धी पत्र बमोजिम जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिदै आएको पास बन्द भएको सूचना जारी गरेको छ ।
त्यस्तै, काठमाडौं भित्रने सवारीको पासको स्वीकृत समेत अर्काे व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।






