आकर्षक तलबको प्रलोभन देखाइ ठगी गर्ने बढे

  साउन २९, २०७७

काठमाडौं साउन २९ : अबुधाबी स्थित नेपाली दूताबासले आकर्षक तलबको प्रलोभन देखाइ युवालाई युएइमा ल्याएर अलपत्र पार्ने क्रम बढेको भन्दै ठगी गर्नेलाई कारवाही गर्ने बताएको छ ।

दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संयक्त अरव इमिरेट्स ( युएइ) लगायत तेस्रो मुलुकमा आकर्षक तलब सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरी भिजिट वा अन्य भिसामा ल्याई ठग्ने काम भईरहेको बताएको हो ।

साथै आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचना र प्रलोभनमा परी नेपालीहरु ठगिने गरेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । वैदेशिक रोजगारी तथा अन्य उदेश्यले विदेश पठाउने नाममा हुने गरेको ठगीसम्बन्धी निवेदनहरु दूतावासमा आउने गरेका छन् ।

नेपालस्थित एक बैदेशिक रोजगार कम्पनीमा काम गर्ने व्यक्तिले यही मंसिर ८ गते बेलायत लैजाने प्रलोभनमा पारी नौ लाख रुपियाँ लिई हाल युएइमा रहेका एक व्यक्तिको जिम्मा लगाएको दूतावासले जानकारी दिएको छ ।

तर यूएइ आएपछि बेलायत पठाउन नसकिने भन्दै यूएइमै राम्रो रोजगारीमा लगाईदिने भनी पासपोर्ट र अन्य कागजात समेत सो व्यक्तिले लिएर राखेकोे दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रोजगारीको लागि तयार अफर लेटर र भिसा समेत नक्कली भएको पाइएपश्चात नेपाल फर्कन आफनो पास्पोर्ट पिडितले माग्दा ठगी गर्ने व्यक्तिले पासपोर्ट लिन बोलाई सांधातिक हमला गर्न लगाएको दूतावासले जनाएको छ ।

यस्ता ठगी कार्यमा संलग्न हुने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने दूतावासले सचेत गराएको छ । साथै वैदेशिक रोजगारीमा आउँदा आधिकारिक निकायबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन दूतावासको अनुरोध छ ।

तपाईको प्रतिक्रिया