कठमाडौं, साउन २७ : सरकारलै हालै लगानी बोर्डको प्रमुख कार्यकारी पदमा सुशील भट्टलाइ नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तिरिम आदेश गरेको छ ।
उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एक इजलसबाट सो आदेश भएको प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
आदेशमा यही साउन ३२ गते दुबै पक्षलाई छलफलमा बोलाउने तथा सो क्रममा एम्युकस क्युरीका रुपमा दुई जना कानुन व्यसायीलाई पठाइ दिन उच्च अदालत बारलाई आग्रह गर्ने पनि आदेश भएको उहाँले बताउनुभयो ।






