सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा

  साउन २५, २०७७

काठमाडौँ, साउन २५ : गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गृह मन्त्रालयअन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा सरुवा गरिएको छ ।

त्यस्तै सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरिएको छ । गृह मन्त्रालय सिंहदरबारमा कार्यरत उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा सरुवा गरिएको छ ।

यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडाैँमा कार्यरत हीरादेवी पौडेललाई मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कार्यरत खिमराज भुसाललाई जिल्ला प्रशासन कार्यालय प्यूठानमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्याङजामा कार्यरत ध्रुव गिरीलाई जिल्ला प्रशासन कार्यालय मनाङ सरुवा गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया