भारतमा कोरोना सङ्क्रमित २१ लाख ५३ हजार

  साउन २५, २०७७

नयाँदिल्ली, साउन २५ : भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको कुल सङ्ख्या ४३ हजार ३७९ पुगेको छ । साथै कुल सङ्क्रमितको सङ्ख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले कूल सङ्क्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि छ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन सात लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना सङ्क्रमण देखिन थालेयता हालसम्म कुल दुई करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया