जोर-बिजोर अटेर गर्ने ७९७ सवारी कारबाहीमा

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जोर गतेका दिन बिजोर नम्बरका सवारी चलाउने ७९७ ओटा बिजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्ये ५५६ ओटा दुई पाङग्रे र २४१ ओटा चार पाङग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज सार्वजनिक बिदाको दिन भएको र सडकमा सवारी साधनको सङ्ख्या न्यून रहेका कारण आवागमन सामान्य रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया