गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उहाँको शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उहाँसँगै उहाँका सल्लाहकारहरूको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईकाअनुसार कोरोना परीक्षण प्रतिवेदन शनिबार बिहान आएको हो । मन्त्री थापाका राजनीतिक सल्लाहकार सुरेश सुवेदी ‘पथिक’ र सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राईको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको भट्टराईले बताउनुभयो ।

दैनिकजसो मन्त्रालयमा विभिन्न पक्षसँग भेटवार्ता गर्नुपर्ने भएकाले कोरोना परीक्षणका लागि गत शुक्रबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रेस सल्लाहकार भट्टराईले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया