वीरगञ्जस्थित नारायणी अस्पतालमा युवतीको मृत्यु, कोरोना आशंका

  साउन २४, २०७७

वीरगञ्ज, साउन २४ : पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोभिड संक्रमितको रुपमा उपचाररत २० वर्षीय महिलाको उपचारको क्रममा शनिबार बिहान गए राती २.०० बजे मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोर्डिनेटर डा. उदय नारायण सिंहले अस्पतालमा उपचारको क्रममा एक २० वर्षिय शंस्कास्पद संक्रमित महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना शंकास्पद बिरामीको रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–२ छपकैयाकी २० वर्षिय महिलाको उपचारकोक्रममा शनिबार बिहान २.०० बजे मृत्यु भएको अस्पतालका डा. जे.पी. जयसवालले पुष्टि गर्नुभयो । मृतक महिलाको स्बावको नमूना संकलन गरी पिसिआर परिक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाईएकाले साझसम्म रिर्पोट आईसक्ने उहाले बताउनुभयो ।

४-५ दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ति महिलालाई उपचारको लागि समयमा अस्पताल नल्याईएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजार्दै गर्दा समयमा उपचार हुन नपाई मृत्यु भएको डा. सिंह दाबी गर्नुहुन्छ । अस्पतालहरुले मानवता नै बिर्सिएर सिकिस्त बिरामीहरुको उपचार नै गर्न छाडेकाले पछिल्ला केही दिनयता मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहेको वीरगञ्ज ४ विर्ताका अजित भुजेल बताउनुहुन्छ ।

ज्वरो तथा रुघाखोकीले सिकिस्त बनेकी ती २० वर्षिय महिलालाई शुक्रबार एकपछि अर्को गर्दै वीरगञ्जका निजी अस्पतालहरु एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल र नेशनल मेडिकलले भर्ना गरी उपचार गर्न नै नमानेको मृतक महिलाका आफन्तहरु बताउनुहुन्छ ।

नीजि अस्पताल मात्र नभई सरकारी अस्पताल नारायणी अस्पतालका डिउटीमा रहेका कर्मचारीहरुले समेत बिरामीलाई उपचार गर्न नमानेपछि उनीहरुकै सुझाव अनुसार अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको तर त्यहा कोरोना संक्रमितको मात्र उपचार गरिने भन्दै फर्काएपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोर्डिनेटर डा. उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना संक्रमितको रुपमा उपचार सुरु गरिएको थियो ।

पछिल्लो समयमा वीरगञ्जमा बिरामी अस्पतालसम्म लैजान एम्बुलेन्सहरु नै नपाईने भएपछि ईरिक्सामा राखेर बिरामीहरुलाई अस्पतालसम्म पु¥याईने गरिएको छ । बिरामी सिकिस्त देखिएमा कुनै पनि अस्पतालले भर्ना नलिने भएकाले बिरामीलाई एउटा अस्पतालदेखि अर्को अस्पताल लग्दैमा बिरामीको स्वास्थ्य अवस्था अझ बिग्रिएर मृत्युसम्म हुने गरेको छ ।

शुक्रबार पनि वीरगञ्ज ३ छपकैयामा मधुमेह तथा दम रोगका दीर्घ रोगी रहेका ७४ वर्षिय वृद्धलाई स्वास लिन गाह्रो भएपछि वीरगञ्जका बिभिन्न नीजि अस्पताल घुमाउदै अन्तमा वीरगञ्ज स्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राती करिब १ बजे पु¥ल्याईएकोमा साढे १ बजे मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताले बिरामीहरुको उपचार नगरेको गुनासो आएको जनाउदै अब उप्रान्त बिरामी उपचार नगरी त्यसै फर्काएको पाईएमा सम्बन्धित अस्पताललाई कारवाही गरिने सूचना विहीबार जारी गरेको थियो । शुक्रबार र शनिबार नीजि अस्पताले बिरामी भर्ना नलिएको र उपचार नगरेको घटना सार्वजनिक भएकाले अब प्रशासनले ति अस्पतालहरुलाई कस्तो कारवाही गर्ने हो देख्न बाँकी रहेको वीरगञ्ज ४ विर्ताका अजित भुजेल बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया