गुम्बा, विहारको पुनर्निर्माण सुस्त

  साउन २४, २०७७

काठमाडौँ, साउन २४ : विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य भने बल्ल ६५ प्रतिशत सकिएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएका दुई हजार ७०३ वटा गुम्बा, विहारमध्ये एक हजार ३५७ वटा गुम्बा, विहार २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु-याएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, कार्यान्वयन एकाइ (अनुदान, व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निर्देशक गणेश वस्तीले मर्मतसम्भार मात्र गरेर सञ्चालन गर्न मिल्ने करिब चार सयवटा गुम्बा, विहार तथा स्तूपाको मर्मत सम्भार ६५ प्रतिशतको प्रगति भएको जानकारी दिनुभयो । त्यसमध्ये ३५ प्रतिशत काम जारी छ । ती संरचना २७ करोड रुपियाँ लागतमा मर्मतसम्भार भइरहेका छन् ।

ऐतिहासिक तथा पुरातात्विकक महìवका सम्पदाको मर्मत तथा पुनर्निर्माणका लागि पाँच अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको थियो । त्यसका लागि भारतीय एक्जिम बैङ्कको ८७ प्रतिशत र नेपाल सरकारले १३ प्रतिशतको खर्च व्यवस्थापन गर्ने गरी बजेटको स्रोत जुटाउने भनिएको थियो ।
युगौँदेखि बौद्ध परम्पराको अभ्यास भइरहेका पुरातात्विकक महìवका त्यस्ता संरचना भूकम्पले भत्किएको तीन वर्षसम्म संरचना अनुगमन, त्यसको वर्गीकरण, पुनर्निर्माणका लागि कार्यविधि बनाउनै लागेको थियो ।

आर्थिक वर्ष ०७५-७६ का लागि ४६ करोड ८६ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्षको अन्तिम समयमा मात्र नेपाल सरकारले राख्ने १३ प्रतिशत बजेट निकासा हुँदा काम अगाडि बढ्न सकेन । आर्थिक वर्ष ०७६-७७ का लागि चार अर्ब ३७ लाख रुपियाँ बजेट छुट्याइएको थियो ।

भारतीय एक्जिम बैङ्कको लगानी भित्र्याउन बैङ्कले पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक ५० प्रतिशत सामग्री भारतको किन्नुपर्ने र कामदारसमेत त्यहीँको प्रयोग गर्नेसम्मका सर्त राखेको थियो । पुरातात्विकक महत्वको बौद्ध सम्पदाको पुनर्निर्माणमा त्यस्तो सर्त स्वीकार्य भएन ।

भारतको उक्त सहयोगमार्फत आउने भनिएको पैसा पनि आएन । नेपाली स्रोतको ५६ करोड रुपियाँले मात्र गुम्बा, विहारको पुनर्निर्माण र मर्मत सम्भारको काम गरिएको निर्देशक वस्तीले बताउनुभयो ।

एक सय वर्षभन्दा बढी समयका र दुई हजार वर्ग फिटभन्दा बढी जमिनमा बनेका पुरातात्विकक महìवका गुम्बा, विहारको पुनर्निर्माण विभागको पूर्व स्वीकृतिसहित केन्द्रीय आयोजना कार्यान्वयन एकाइको प्रत्यक्ष संलग्नतामा बनाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

सोही कार्यविधि अनुसार हाल १३ वटा गुम्बा निर्माणका क्रममा रहेको आयोजनाको निर्देशक वस्तीले बताउनुभयो । बन्ने क्रममा रहेका १३ वटा संरचनामध्ये हाल आठवटाको टेण्डर भइसकेको बाँकी पाँचवटाको टेण्डरको प्रक्रियामा रहेको र मर्मत गर्नुपर्ने केही गुम्बाका प्रतिनिधि भने सम्झौताका लागि नआएको निर्देशक वस्तीले जानकारी दिनुभयो । साथै नेपाल सरकारको मात्र बजेटको काम गर्नुपर्दा अन्य बाँकी गुम्बाका लागि बजेट अपुग हुन्छ,’ उहाँले भन्नुभयो ।

आयोजनाकै संलग्नतामा बनाउनुपर्ने अन्य ३० वटा गुम्बा, विहार र चैत्यलगायतका संरचनाको डीपीआर कन्सल्ट्यान्ट खरिद प्रक्रियामा रहेका आयोजनाले जनाएको छ । केही गुम्बाका प्रतिनिधि भने सम्झौताका लागि नआएको उहाँले जानकारी दिनुभयो । भूकम्पले भत्किएका संरचना मर्मत सम्भार र पुनर्निर्माणमा ढिलाइ हुँदा ऐतिहासिक महìवका विभिन्न मूर्ति, महत्वपूर्ण थाङ्का, बौद्ध दर्शनका लाखौँ पुस्तक नष्ट हुने अवस्था पुगेका छन् ।

तपाईको प्रतिक्रिया