करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

  साउन २३, २०७७

काठमाडौँ, साउन २३ : दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ ।

दुबईबाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ । 

तपाईको प्रतिक्रिया