स्याङ्जामा चौथोपटक सलह देखिए

  साउन २३, २०७७

स्याङ्जा, साउन २३ : आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलोपटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो ।

अहिले देखिएको सलह  जिल्लामा सबैभन्दा धेरै भएको र कोदोलगायत बालीको विनास बनाएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

गाउँपालिकाको वडा नं ६ को लालिगुराँस, कलेनडाँडा, बिमिरबोट मुद्रुपोला, ठूलीबेंसीमा लाखौँ सङ्ख्यामा रहेका छन् भने अन्य वडामा समेत सलह देखिएको स्थानीय हरिप्रसाद ढकालले बताउनुभयो । कोदो विनास पारेपछि लालिगुराँस टोलबाट लखेटे पनि ठूलीबेँसीमा बालीमै सलह रहेको ढकालले बताउनुभयो ।

पटकपटक आएको सलह समातेर ल्याउनेलाई आँधीखोला गाउँपालिकाले प्रतिकिलो तीन सय रुपियाँका दरले नगदसमेत दिएको छ र हालसम्म हालसम्म ३५ किलो सलह गाउँपालिकामा बुझाएका छन् ।

तपाईको प्रतिक्रिया