काभ्रे, साउन २३ : जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिका वडा न २ स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनलाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिनुभयो ।
वडा न ४ निवासी २१ वर्षीया युवती साउन १७ गते दुबईबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । स्थिती तनावपूर्ण भएपछि जिल्लाबाट प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।






