उपत्यकामा १०६ सहित ४६४ सङ्क्रमित, कुल २२ हजार २१४

  साउन २३, २०७७

काठमाडौँ, साउन २३ : कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २०७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ८१४ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् । 

काठमाडौं उपत्यकामा चौबीस घण्टामा एकसय छजना सङ्क्रमित भएका छन् । काठमाडौंमा ९२ जना, ललितपुरमा दश र भक्तपुरमा चारजना सङ्क्रमित भएका हुन् ।

तपाईको प्रतिक्रिया