लकडाउन खुलेपछि २४६ जनाको शब नेपाल ल्याइयो,१७२ को विदेशमै अन्त्यष्टि

  साउन २३, २०७७

काठमाडौं, साउन २३ : वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्यष्टी गर्न मृतकका परिवार संग सहमति प्राप्त भएको छ ।

वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शब मध्ये १७२ जनाको शव विदेशमानै अन्त्यष्टि लागि समहमति प्राप्त भएको हो । यस मध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाएको छ ।

बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबै भन्दा बढी साउदीमा एक महिला सहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् । सवै भन्दा कम मात्रमा ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरि मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्यष्टि लागि सहमति प्राप्त भएकोमा ८४ जनाको शव परिवारलाई बुझाइएको छ ।

युएईमा पाँच महिला सहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्यष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शब परिवारलाई बुझाईएकोमा बाँकी ५ जनाको शब विदेशमै रहेका छन् । कतारमा दुई महिला सहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएकोमा ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाईएकोमा एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोडले जनाएको छ ।

कुवेतमा छ महिला सहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्यष्टिका लागि सहमति प्राप्त भएकोमा १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ । बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्यष्टिका लागि सहमति प्राप्त भएकोमा छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएकोमा एक जनाको शव विदेशमै रहेको छ ।

कोरियामा आठ जनाले ज्यान गुमाएकोमा पाँच जनाको शव कोरियामै अन्त्यष्टिको लागि सहमति प्राप्त भएकोमा एक जनाको शव परिवारलाई बुझाइएकोमा दुई जनाको शव कोरियामै छ । अन्य मुलुकका एक महिला सहित २३ जनाले ज्यान गुमाएकोमा १४ जनाको शव अन्त्यष्टिका लागि सहमति प्राप्त भएको र नौ जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्यष्टिका लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको बोर्डको भनाई छ ।

वैदेशिक रोजगारीको क्रममा कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाको शव अन्तर्राष्ट्रिय उडान हुने बेलादेखि क्रमिक रुपमा नेपाल ल्याउने क्रम शुरु भएको बोर्डले जनाएको छ । सरकारले विदेशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वनाराहत स्वरुप ५० हजार रुपियाँ दिने गर्छ ।

तपाईको प्रतिक्रिया