रियासहित ६ विरुद्ध सीबीआइले ग-यो एफआइआर दर्ता

  साउन २२, २०७७

नयाँ दिल्ली, साउन २३ : बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ ।

सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध एफआइआर दर्ता गरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तको घरमा काम गर्ने २ जना म्यानेजर छन् । उनीहरुविरुद्ध सीबीआइले आत्महत्या, अपराधिक षड्यन्त्र, चोरी, धोका, धम्की, गलत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।

सीबीआइले पटना प्रहरीसँग घटनासँग सम्बन्धित कागजपत्रसमेत संकलन गरेको छ । नायक सुशान्तले जुन १४ तारिखमा आत्महत्या गरेका थिए । पछिल्लो केही सातादेखि यो आत्महत्या प्रकरण सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको वरिपरी घुमिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया