उपत्यकामा ८७ सहित थप ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५०

  साउन २२, २०७७

काठमाडौँ, साउन २२ : कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२  जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार  ४७० जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् । काठमाडाैँ उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैँमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एक जना रहेका छन् ।

तपाईको प्रतिक्रिया