गण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित

  साउन २२, २०७७

पोखरा, साउन २२ : पोखरामा एक जनासहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बिहीबार बिहान कास्कीमा एक, पर्वतमा एक, गोरखामा छ र नवलपुरमा तीन सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक सङ्क्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षीय पुरुष हुन् ।

आज थपिएका सहित गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया