बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु, चार हजार घाइते

  साउन २१, २०७७

काठमाडौँ, साउन २१ : लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करिब चार हजार घाइते भएका छन् ।

लेबनानका प्रधानमन्त्री हसन डेबले करिब दुई हजार ७५० टन बराबरको एमोनियम नाइट्रेट विस्फोट भएको र सो वस्तु  गोदाम घरमा विगत छ वर्षदेखि भण्डार रहेको जनाउनुभएको छ ।

विष्फोटपछि बेरुतका अस्पतालहरू घाइतेहरूले भरिएका छन् भने त्यहाँको रेडक्रसले घाइतेको उपचारमा रगत अभाव हुन सक्ने भन्दै रक्तदानका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

तपाईको प्रतिक्रिया