कोरोनाबाट ३८१ जना नयाँ सङ्क्रमित, कुल २१ हजार ३९०

  साउन २१, २०७७

काठमाडौँ, साउन २१ : कोरोना भाइरसका ३८१  जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै पालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार  ३९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  सात हजार ८५९  जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ९२५  जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित सङ्ख्या छहजार ६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् । 

तपाईको प्रतिक्रिया