काठमाडौंमा यो वर्षकै उच्च गर्मी, तीन दिन झरी नपर्ने

  साउन २१, २०७७

काठमाडौं, साउन २१ : आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीनदिनसम्म मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुुभयो ।

लगातार झरीनै पर्ने संम्भावना देखिदैन तर प्रदेश नं १, २ र बागमती प्रदेश र सुदुुरपश्चिममा भारी बर्षा हुने संम्भावना रहेको मौसमविद् श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताउनुुभयो । अझै नेपालमा दुुई महिनामा मनसुन सक्रिय रहने श्रेष्ठले जानकारी दिनुुभयो । उहाँले मौसम सक्रिय रहने भएकाले सावधानी अपाउनुु सबैमा अनुरोध गर्नुुभयो ।

देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ उहाँले भन्नुुभयो ।

ती क्षेत्रमा पर्ने नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गर्मी बढ्यो
वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसैगरी सवैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दीपायलमा ३७ डिग्री माथि तापक्रम पुगेको छ ।

प्रचण्डगर्मीका कारण समग्र तराइ क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । तराइका जिल्लाहरुमा समेत बर्षा कमी भएपछि गर्मी ह्वात्तै बढेको हो । तराइका जिल्लाहरुमा ३३ देखि ३८ डिग्री सेल्सियस पुुगेको छ ।

प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. पप्पु कुमार जैसवालले सबैमा आग्रह गर्नुुभएको छ ।

गर्मीमबाट हुन सक्ने विभिन्न किसिमका रोगहरुबाट जोगिने झोलिलो खानेकुरा खान डा.जैसवालले सबैमा अनुरोध गर्नुुभएको छ ।

तपाईको प्रतिक्रिया