भारतमा २४ घण्टामा विश्वमै सबैभन्दा बढीको मृत्यु

  साउन २०, २०७७

काठमाडौं, साउन २० : भारतमा पछिल्लो चौबीस घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी मृत्यु हुने अमेरिका र ब्राजिलभन्दा भारतमा पछिल्लो चौबीस घण्टामा मृतकको संख्या बढी दत्र्ता गरिएको छ ।

बीबीसीका अनुसार भारतमा एकैदिन करिब ८०० जनाको मृत्यु भएको हो । त्यसैगरी पछिल्लो चौबीस घण्टामा भारतमा सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा ८०३ जनाको मृत्यु र ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

पछिल्लो समय भारतका उच्च राजनीतिज्ञ तथा अभिनेता समेत कोरोनाभाइरसबाट सङ्क्रमित हुन थालेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाह, दक्षिण भारतका नेता आर सिद्धरमैया लगायत सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया