विश्वभरि मृत्यु भएकाहरूको सङ्ख्या छ लाख ८९ हजार

  साउन १८, २०७७

बेइजिङ, साउन १८ : विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट छ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कुल सङ्क्रमितको सङ्ख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ ।

त्यसैगरी, अमेरिकामा मृतकको सङ्ख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरूले जनाएका छन् । दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया