भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाबाट सङ्क्रमित

  साउन १८, २०७७

काठमाडौँ, साउन १८ : भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आइतबार अपरान्ह ट्वीट गर्दै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी गराउनुभएको छ ।

केन्द्रीय गृहमन्त्री शाहले चिकित्सकको सुझावमा आफू अस्पताल भर्ना हुन लागेको ट्वीटमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “कोरोना सङ्क्रमणको प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गरायौँ, सङ्क्रमणको पुष्टि भएको छ ।”

उहाँले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सुझावमा अस्पताल भर्ना हुन लागेको बताउनुभएको छ । ट्वीटमा उहाँले आफ्नो सम्पर्कमा आएजतिलाई आइसोलेट भएर बस्न तथा कोभिड–१९ को परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया