अष्ट्रेलियाको भिक्टोरियामा सङ्क्रमित उच्च गतिमा बढ्दै

  साउन १५, २०७७

काठमाडौँ, साउन १५ : राजधानी शहर मेलबर्नमा तीन सातासम्म लकडाउन गरिएपनि अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सात सय २३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।

अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार सोमबारको अपेक्षा भिक्टोरियामा ३६ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मेलबर्न शहरमा ७ जुलाईदेखि लकडाउन गरिएको छ । अधिकारीहरूले लकडाउन थप्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

प्रकोप सुरु भएको पहिलो महिनामा अत्यन्तै कडाइ र तीक्ष्णरुपमा सङ्क्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियामा पछिल्लो पटक अचानक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । अष्ट्रेलियामा १६ हजार सङ्क्रमित र १८९ जनाको मृत्यु भएको थियो । तर मेलबर्नमा प्रकोपको रुप लिएपछि यसै महिना मात्रै सात हजार नयाँ सङ्क्रमित थपिएका छन् । जुन कोभिड–१९ को दोस्रो तरङ्गमा राष्ट्रिय आँकडाको करिब ९५ प्रतिशत हुन आउँछ ।

तपाईको प्रतिक्रिया