लीलादेवी सिटौलाले लिनुभयो पद तथा गोपनीयताको शपथ

  साउन १४, २०७७

काठमाडौँ, साउन १४ : जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई शपथ खुवाउनु भएको हो ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।

तपाईको प्रतिक्रिया