कमलादीबाट १५ किलो पहेँलाे धातु बरामद, सुन हाे होइन भन्ने जाँच हुँदै

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट सुन जस्तो देखिने पहेँलो धातु १५ किलो बरामद गरेको छ । सो वस्तु कसले ल्याएको भन्ने खुल्न सकेको छैन । 

विशेष सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र दरबार मार्ग प्रहरी प्रभागको संयुक्त टोलीले सो वस्तु बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले बताउनुभयो ।

सो धातु सुन हो होइन भन्ने जाँचका लागि प्रहरीले सुनचाँदी व्यवसायी सङ्घको कार्यालयमा पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया