कमलादीबाट बरामद पहेँलो धातु सुन लेपन गरेको चाँदी भएको पाइयो

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु सुन नभएर चाँदीमा सुनकाे लेपन भएको खुलेको छ ।

प्रहरीले सो पहेँलो धातु परीक्षणका लागि सुनचाँदी व्यवसायी सङ्घमा लगेको र सो क्रममा करिब साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको छ । 

विशेष सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र दरबार मार्ग प्रहरी प्रभागकोे संयुक्त टोलीले सो वस्तु बरामद गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया