काँग्रेस वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली काँग्रेसको चीनसँगको सम्बन्ध र नेपालमा कोभिड–१९ नियन्त्रणमा चिनियाँ सहयोगबारे छलफल भएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले आफ्नो आधिकारिक फेसबुक सञ्जालमा भेटघाटको पुष्टि गर्नुभएको छ । पौडेलको बालाजुस्थित निवासमा मङ्गलबार बिहान भेटका लागि चिनियाँ राजदूत यान्छी पुग्नुभएको हो । नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३ औँ वर्षगाँठको अवसर पारेर भेटघाट भएको वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।

भेटमा दुवै जनाले बीबी कोइराला र माओत्से तुङको पालादेखिको नेपाली काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धको बारेमा चर्चा भएको थियो । पौडेलले चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि चिनियाँ सहयोगबारे जिज्ञासा राखेको पौडेलले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया