काठमाडौँको महाबाैद्धका व्यापारीमा सङ्क्रमण देखिएपछि स्थानीयले पसल बन्द गरे

  साउन १२, २०७७

काठमाडौँ, साउन १२ : काठमाडौँको महाबाैद्ध क्षेत्रका एक व्यापारीको परिवारमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन् ।

वडा कार्यालयले एक सूचना जारी गरी सो क्षेत्रका स्थानीयलाई तत्कालै पीसीआर परीक्षण गर्न आग्रह गरेको छ । साथै पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया