थप १३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ६१३ पुग्यो

  साउन ११, २०७७

काठमाडौं, साउन ११ : नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना कोभिड–१९ का आशंकित क्वारेन्टिनमा छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७५ जना कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै कोभिड–१९ मुक्त भएकाहरुको संख्या १३ हजार १२८ पुगेको छ ।

हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ को मृत्यु दत्र्ता गरिएको छैन् ।

तपाईको प्रतिक्रिया