प्रदेश १ मा १९ प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

  साउन ११, २०७७

विराटनगर, साउन ११ : प्रदेश १ प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएकोमा प्रहरी मात्रै १९ जना रहेका हुन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले सङ्क्रमित प्रहरीलाई पीयू कोभिड आइसोलेसन अस्पताल गोठगाउँ उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । यसअघि सङ्क्रमण पुष्टि भएका पाँच जनाको सम्पर्क पहिचानसँगै १४६ जनाको स्वाब नमूना सङ्कलन गरिएको थियो । सङ्कलन गरिएका स्वाब परीक्षणकै क्रममा रहेका छन् ।

आइतबार मोरङमा २२ र इलाममा नाै जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिइएको छ । मोरङमा विराटनगरका तीन महिनासहित २२ जना रहेका छन् । यसैगरी इलाम जिल्लाको इलाम नगरपालिकामा आठ र माई नगरपालिकामा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिइएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ ।

प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत आठ महिला र चार पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ७४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया