विराटनगरमा ९२ वर्षीया महिला संक्रमित

  साउन १०, २०७७

विराटनगर, साउन १० : विराटनगरका तीन जनासहित प्रदेश १ मा शनिबार १० जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ । विराटनगर–६ निवासी ९२ वर्षीया र ४५ महिलासहित विराटनगर घोघापुलका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर–६ मा दुईदिन अगाडि संक्रमित फेला परेकै घरमा शनिबार अन्य दुईजनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिनुभयो ।

घोघापुलका संक्रमित चिकित्सक हुन् । सप्तरी निवासी उनी चार दिन अगाडि धरानबाट विराटनगरस्थित कोशी अस्पतालका लागि आउनुभएको थियो । अस्पतालमा काम सुरुवात गर्नु अगाडि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको जनस्वास्थ्य निरीक्षक अलीले जानकारी दिनुभयो ।

प्रदेश १ मा शनिबार (आज) १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको हो ।

आज मोरङमा पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८९१ पुगेको छ ।

प्रदेश १ मा शनिबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आजसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया