दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा

  साउन १०, २०७७

जोहानस्वर्ग, साउन १० : दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिनुभएको हो ।

जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ ।

शनिबारसम्म चार लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । दैनिक रुपमा भारी संख्यामा संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो ।

तपाईको प्रतिक्रिया